Sadhguru in Muscat
 - प्रत्यक्ष प्रसारण in 4d : 20h : 31m
माटोकार्यक्रम तालिकासमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ

माटोको चमत्कार

एकमात्र यस्तो चमत्कारिक तत्त्व, जसले मृत्युलाई जीवनमा बदल्छ ।

सद्‌गुरु


माटो जोगाऔँ अभियानको उद्देश्य माटोको चमत्कारलाई जीवन्त राखिरहन सबै मानिसहरूलाई एकजुट गर्नु हो ।

Watch The Save Soil Documentary

हामीमध्ये धेरैजसो मानिसहरू जलवायु परिवर्तन, कार्बन उत्सर्जन, वायु प्रदूषणपानीको अभाव जस्ता शब्दहरू र अवधारणाहरूसँग परिचित छौँ, तर निकै थोरैले माटोमा ध्यान दिएका छन् । हजाराैँ वर्षदेखि, धरतीको सतहमा रहेको पातलो तहको उर्वर माटोले नै पृथ्वीमा जीवनलाई निरन्तरता दिइरहेको छ ।

तर...
माटो वास्तवमा के हो अनि यसले के गर्छ ?

आउनुहोस्, तलका केही प्रश्न र तिनका उत्तरहरूको माध्यमले हामी यसलाई बुझ्ने प्रयास गरौँ ।

प्रश्न 1 / 6

माटो अर्थात् ______

जमिनबाट उम्रिरहेको रुखको बिरुवा

हाम्रो जीवनको आधार नै माटो हो । तर......

कृषि, वन फँडानी, र अन्य कारकहरूले भयानक गतिमा सतही माटोलाई क्षति पुऱ्याउनुको साथै सखाप गरिरहेको छ । विश्वव्यापी रूपमा, ५२% कृषियोग्य जमिन विनाश भइसकेको छ । धरती सङ्कटमा छ । यदि अहिलेकै गतिमा माटोको गुणस्तर घटिरहने हो भने, हामीलाई थाहा भएसम्म सम्पूर्ण जीवनको अन्त्यको कारण यही हुनेछ ।

Soil desertification

एकदमै खराब

खराब

सुदृढ

कुनै वनस्पति नभएको

हाम्रो धरती सङ्कटमा छ

खाद्य सङ्कट

अबको २० वर्षमा, यस धरतीमा ९.३ अर्ब मानिसहरूको लागि ४०% कम भोजन उत्पादन हुने अनुमान गरिएको छ l

जब माटो खराब हुन्छ, भोजनमा पौष्टिक तत्त्व निकै कम हुन्छ । अहिले उत्पादन भइरहेका फलफूल र तरकारीहरूमा पोषक तत्त्वहरू ९०% कम भइसेकका छन् ।

२ अर्ब मानिसहरू पोषणको कमीबाट पीडित छन्, जसले अनेकथरी रोगहरू निम्त्याउने छ ।

पानीको अभाव

जब माटोको गुणस्तर खराब हुन्छ, त्यसले पानी सोसेर राख्न अनि पानीको बहावलाई दिशा दिन सक्दैन ।

जब माटोले पानी भण्डारण गर्ने क्षमता गुमाउँछ, त्यसले पानीको अभाव, खडेरी र बाढी निम्त्याउँछ ।

जैविक पदार्थले आफ्नो तौलको ९०% हिस्सामा पानी सोसेर राख्छ अनि समयसँगै त्यो पानीलाई बिस्तारै छोड्छ । खडेरीको जोखिम भएका क्षेत्रहरूमा यसले ठूलो सहयता गर्दछ ।

जैविक-विविधतामा क्षति

वैज्ञानिकहरूले भनेअनुसार आफ्नो वासस्थान नष्ट भएकोले हरेक वर्ष लगभग २७,००० प्रजातिका जीवन-रूपहरू सखाप भइरहेका छन् ।

यो सङ्कट यस्तो बिन्दुमा पुगेको छ, जहाँ ८०% कीट-भार (insect biomass) लोप भइसकेको छ ।

जैविक विविधतामा क्षति हुँदा माटोको स्थिति भद्रगोल हुन्छ अनि माटो पुन: जीवन्त बन्न सक्दैन ।

जलवायु परिवर्तन

माटोमा जति मात्रामा कार्बन पाइन्छ, त्यो जीवित वनस्पतिमा पाइने कार्बनको तुलनामा ३ गुणा र वायुमण्डलमा रहेको कार्बनको तुलनामा २ गुणा बढी हो । यसको अर्थ के हो भने कार्बन सोसेर भण्डारन गर्नको लागि माटो महत्त्वपूर्ण छ ।

यदि संसारभरिको माटोलाई पुन: जीवन्त नबनाउने हो भने, माटोबाट ८५० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भई वायुमण्डलमा मिसिन सक्छ, जसबाट अन्तत: जलवायु परिवर्तन हुन सक्छ । यो मात्रा विगत ३० वर्षमा पूरै मानवजातिले गरेको कार्बन उत्सर्जनको तुलनामा निकै बढी हो ।

जीविकामा हानि

माटोको गुणस्तर खराब भएकोले हजारौँ किसानहरूले आत्महत्या गरिरहेका छन् ।

विश्वभरि माटोको गुणस्तर खराब भएकोले ७४% गरीब मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित छन् ।

यो अनुमान गरिएको छ कि माटोको विनाशले विश्वमा प्रत्येक वर्ष १०६ खर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।

द्वन्द्व तथा बसाइँ सराइ

जनसङ्ख्या वृद्धि तथा भोजन र पानीको अभावले गर्दा सन् २०५० सम्ममा १ अर्बभन्दा बढी मानिसहरू अन्य क्षेत्र र देशहरूमा बसाइँ सर्न बाध्य हुनेछन् ।

सन् १९९० देखि अफ्रिकामा भएका ९०% भन्दा बढी प्रमुख युद्ध र द्वन्द्वहरूमा जमिनसँग सम्बन्धित समस्याहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

फ्रेन्च क्रान्तिदेखि अरब विद्रोहसम्म विशाल विरोध र आन्दोलनहरू हुनु पछाडिको कारण उच्च खाद्य मूल्य उल्लेख गरिएको छ ।

माटो: एक समग्र समाधान

पर्यावरणसँग सम्बन्धित लगभग सबैजसो प्रमुख सङ्कट, कुनै न कुनै रूपमा, माटो खराब हुँदै जानुको परिणाम वा लक्षण हो । त्यसैगरी, पर्यावरणसँग सम्बन्धित लगभग सबैजसो समस्यालाई माटोलाई स्वस्थ बनाएर सुल्झाउन सकिन्छ ।

हामीले पर्यावरणको सबै पक्षलाई सम्बोधन नगरी कुनै एउटा पक्षलाई मात्र सम्बोधन गर्न सक्छौँ भनेर सोच्नु भ्रम हो, किनभने पर्यावरणीय प्रणालीको कुनै पनि पक्ष अलग्गै काम गर्दैन । जीवन एउटा सिङ्गो प्रक्रिया हो, अनि जीवनका सबै पक्षहरू एकैसाथ भइरहेको छ भन्ने कुराप्रति हामी सचेत नुहँदासम्म कुनैपनि समाधान पूर्ण हुँदैन । थुप्रै तरिकाहरूले, माटो त्यो मञ्च हो जहाँबाट जीवन प्रस्फुरित हुन्छ । यदि हामीले माटोलाई ठीक गऱ्यौँ भने, हामीसँग सबै पक्षलाई ठीक गर्ने उत्तम अवसर रहन्छ ।

Soil Revitalization - Global Policy Draft & Solutions Handbook

Read
policy

विज्ञहरूको भनाइ

Maria Helena Semedo

Deputy Director General
The Food & Agriculture Organization (FAO) of the United Nations

Ibrahim Thiaw

Executive Secretary, United Nations Convention to Combat Desertification (UNCCD)
Under-Secretary-General, United Nations

Ovais Sarmad

Deputy Executive Secretary of the United Nations Framework Convention on Climate Change (UNFCCC)

Dr. Rattan Lal

World Food Prize Awardee 2020 

Dr. Jo Handelsman

Former Science Advisor to President Barack Obama
Director of the Wisconsin Institute for Discovery at University of Wisconsin

Erik Solheim

Former UN Environment Executive Director and Under-Secretary-General of the United Nations

Stewart Maginnis

Deputy Director General, IUCN

Dr. Naoko Yamamoto

Assistant Director-General, World Health Organization

Manoj Juneja

Assistant Executive Director, World Food Programme (WFP)

Claire Chenu

Senior Soil Scientist, National Research Institute for Agriculture, Food and Environment (INRAE), France Professor, AgroParis Tech Institute

Patrizia Heidegger


Director for Global Policies & Sustainability, European Environmental Bureau

Dr. Muralee Thummarukudy

Director of the Coordination Office of the G20 Global Initiative on Reducing Land Degradation & Enhancing Conservation of Terrestrial Habitats

Paul Luu

Executive Secretary, 4 Per 1000 Initiative

Jean-François Soussana

Soil Scientist & Vice Chairman
National Research Institute for Agriculture, Food & Environment, France

Shamila Nair-Bedouelle

Assistant Director-General for Natural Sciences, UNESCO

Tim Christopherson

Head, Nature for Climate Branch, UN Environment Programme (UNEP)

Bishow Parajuli

Country Head, India , United Nations World Food Programme

Dr Johan Rockstrom

Director, Potsdam Institute for Climate Impact Research

Dr. Elaine Ingham

Soil Microbiologist

Dr. Joachim von Braun

Agricultural Scientist & President, Pontifical Academy of Sciences

Nadia Isler

Director of the SDG Lab in the Office of the Director-General of UN Office at Geneva (UNOG)

Dr. Iyad Abumoghli

Founder and Director, United Nations Environment Programme - Faith for Earth

Richard Cruse

Professor, Agronomy Department, Iowa State University
Director, Iowa Water Center

AS Kiran Kumar

Space Scientist;
Former Chairman of the Indian Space Research Organization

Dr Vibha Dhawan

Director General, The Energy and Resources Institute

Commodore Amit Rastogi

Chairman and Managing Director, National Research Development Corporation

Dr. Daniel Rasse

Department Head, Biogeochemistry & Soil Quality
Norwegian Institute of Bioeconomy Research

Allain Bougrain

Environmentalist & President, French League for the Protection of Birds

Dr. Saravanan Kandasami

Organic Farmer
Former Soil Scientist at Tamil Nadu Agricultural University

Prof. Ramesh Chand

Agricultural Economist & Member, NITI Aayog

Pravesh Sharma, IAS

Co-Founder and CEO at Kamatan Farm Tech Pvt Ltd

Sanjeev Sanyal

Author and Economist
Member of the Economic Advisory Council to the Prime Minister of India

डकुमेन्ट्री फिल्म

धरतीलाई चुम्नुहोस्

डकुमेन्ट्री फिल्म

धरतीलाई चुम्नुहोस्

हेर्नुहोस्

विज्ञानको भनाइ?

हाम्रो माटो जोगाऔँ?

माटोलाई व्यवस्थापन गर्ने तरिका

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)

जैविक विविधता

प्रत्येक वर्ष, विश्ववभरि लगभग २४ अर्ब टन उर्वर माटो र २७,००० जैविक प्रजातिहरू नष्ट हुन्छन् ।

थप पढ्नुहोस्

संयुक्त राष्ट्रको रिपोर्ट : विश्वभरिको खेत विनाश हुने अवस्थामा पुगिसकेको छ

जलवायु परिवर्तन

The world's climate-stressed and pollution-degraded farming and agricultural system must shift quickly to sustianable practices to feed...

थप पढ्नुहोस्

See all

ओह माटो !

फूलको सुगन्धको तुलनामा
माटोको सुगन्ध
मरो निम्ति अधिक कोमल छ

The strength and sensitivity of life
held in the soil
lets off waves of passion of a
different sort.

Passion not of a person
but of my species
that has gone insensitive
to all that nurtures it
and absorbs it at its end.

As I walk barefoot, I break down
with Passions so profound
that it defies all descriptions.

Oh' Soil, My life


सद्‌गुरुको कविता

आउनुहोस्, यसलाई साकार पारौँ !

footerLogo

माटो

© 2022 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions