Sadhguru in Muscat
 - प्रत्यक्ष प्रसारण in 2d : 23h : 09m
माटोकार्यक्रम तालिकासमर्थकहरूजानकारी
अहिल्यै केही गरौँ
Background

जागरूक धरती

जागरूक धरती अभियान मानव चेतना माथि उठाउने र मानिसमा समावेशी भावना उजागर गर्ने प्रयास हो, ताकि हाम्रो समाजका विविध गतिविधिहरू सचेतन प्रक्रिया बनून् । यो यस्तो अभियान हो, जसले मानव गतिविधिलाई प्रकृति र धरतीका हरेक जीवनप्रति सहायक बन्नको लागि तालमेलमा ल्याउने प्रयास गर्दछ ।

थप पढ्नुहोस्

यस दिशातर्फ माटो जोगाऔँ अभियानले निम्नलिखित तरिकाहरूको माध्यमले काम गर्नेछ:

1

विनाश भइरहेको हाम्रो माटोतर्फ विश्वको ध्यान आकर्षित गर्ने

2

लगभग ३.५ अर्ब मानिसहरू अर्थात् विश्वभरिका ६०% मतदाताहरूलाई प्रेरित गर्ने, ताकि उनीहरूले माटोलाई सुरक्षित, उर्वर र जीवन्त राख्ने नीतिहरू बनाउनको लागि समर्थन गरून् ।

3

१९३ राष्ट्रहरूमा माटोको जैविक पदार्थको मात्रालाई बढाएर न्यूनतम ३-६% सम्म कायम राख्नको निम्ति राष्ट्रिय नीतिमा परिवर्तन ल्याउन आह्वान गर्ने

Soil Revitalization - Global Policy Draft & Solutions Handbook

Read
policy
background
Sadhguru

सद्‌गुरु

योगी, रहस्यदर्शी र युगदृष्टा, सद्गुरु हाम्रो समयको सबैभन्दा प्रभावशाली व्यक्तिहरूमध्ये एक हुनुहुन्छ । सद्गुरु विशाल क्षमता भएको एक आत्मज्ञानी गुरु हुनुहुन्छ । उहाँले केही विशाल चुनौतीहरू स्वीकार गर्दै जीवनका विविध पक्षहरूसँग जोडिएका परियोजनाहरू अघि बढाउनुभएको छ ।

तथापि, उहाँका सबै प्रयासहरू एउटै लक्ष्यमा केन्द्रित छन्— मानव चेतनालाई माथि उठाउने । विगत ४ दशकहरूमा, सद्गुरुले आफ्नो फाउण्डेशनमार्फत विश्वभरिका लाखौँ मानिसहरूलाई खुसी-जीवनको लागि तकनिकीहरू अर्पण गर्नुभएको छ । ईशा फाउण्डेशनसँग् विश्वभरिबाट १ करोड ६० लाखभन्दा बढी स्वयंसेवकहरू जोडिएका छन् र सेवा गरिरहेका छन् । सद्गुरुलाई तीनवटा 'राष्ट्रपति पुरस्कार' बाट सम्मानित गरिएको छ— राष्ट्रको निम्ति विशिष्ट सेवाको लागि पद्म विभूषण, सन् २०१० मा भारतको सर्वोच्च पर्यावरण पुरस्कार, इन्दिरा गान्धी पर्यावरण पुरस्कार अनि सन् २०१८ मा राष्ट्रिय खेल प्रोत्साहन पुरस्कार ।

थप पढ्नुहोस्

माटो जोगाऔँ: यस्तो अभियान जुन २४ वर्ष पहिले शुरु भएको थियो

तीन दशकदेखि, सद्गुरुले लगातार माटोको महत्त्व र माटोको विनाशको भयावह खतराबारे मानिसहरूलाई जागरूक गरिरहनु भएको छ । उहाँले थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरूमा बारम्बार भन्नुभएको छ: "माटो हाम्रो जीवन हो, हाम्रो शरीर माटो नै हो । यदि हामीले माटोलाई ध्यान दिन छोड्याैँ भने, यसको अर्थ हामीले यस धरतीलाई समते ध्यान दिन छोडेने छाैँ ।

माटो जोगाउने जिम्मेवारी कसको ?

Tree

सन् १९९० को दशक, ग्रामीण तमिलनाडुको दृश्य । एक झुण्ड मानिसहरू एउटा लटरम्मै पातहरूले भरिएको रूखको छहारीमुनि आँखा बन्द गरेर बसिरहेका छन् । केही समयअघि, उनीहरू दक्षिणी भारतको प्रचण्ड घाममा बाहिर खुला र सुख्खा स्थानमा बसेका थिए अनि पसिनै-पसिनाले तड्पिँदै सबैथरीका उत्कट प्रभावहरू महसुस गरिरहेका थिए । र अहिले, शीतल मन्द हावासँगै हरियो छहारीमा बसेपछि उनीहरूले यसको सही अर्थ बुझे साथै ठूलो रूख हुनुको महत्त्वसमेत बुझे ।

सद्गुरुले उनीहरूलाई एउटा भित्री प्रक्रिया गराउनुभयो, जसमा उनीहरूले रूखसँग भइरहेको श्वासको आदान-प्रदान महसुस गरे— रूखहरूले जे बाहिर छोड्छन्, त्यसलाई हामी अक्सिजनको रूपमा लिइरहेका हुन्छाैँ अनि हामीले बाहिर छोडेको कार्बन डाइअक्साइडलाई रूखहरूले आफूभित्र लिइरहेका हुन्छन् । यो अनुभवजन्य प्रक्रिया थियो, जहाँ उनीहरूले यो स्पष्ट देखे कि उनीहरूको श्वासन-तन्त्रको आधा भाग रूखमा झुण्डिरहेको छ । यी शुरुवाती दिनहरू थिए, जब सद्गुरुले सबैभन्दा कठिन भूभागमा रूखहरू रोप्न थाल्नुभएको थियो अर्थात् 'मानिसहरूको दिमागमा' । सबै जीवनसँग एक हुनुको यो प्रत्यक्ष अनुभवले त्यहाँ उपस्थित प्रखर स्वयंसेवकहरूलाई निकै झकझकायो, अनि उनीहरूले नै धरतीलाई पहिल्यैको स्थितिमा फर्काउने यस अभियानको थालनी गरे ।

सन् १९९० को दशकमा दक्षिण भारतस्थित वेल्लियनगिरी पहाडलाई पुन: हरियाली बनाउने उद्देश्यसहित केही हजार स्वयंसेवकहरूको साथमा "वनश्री" नामबाट शुरु भएको एउटा पर्यावरणीय-अभियानले फड्को मार्दै निकै छिटो 'प्रोजेक्ट ग्रीनह्याण्ड्स' को रूपमा विकसित भयो, जुन तमिलनाडुमा लाखौँ स्वयंसेवकहरूको साथ पाएको विशाल राज्यव्यापी अभियान बनेको छ । सन् २०१७ मा जब सद्गुरुले अविश्वसनीय नदी अभियानको नेतृत्व गर्नुभयो, १६.२ करोड भारतीयहरूको समर्थन प्राप्त गरी सो अभियान संसारको सबैभन्दा ठूलो पर्यावरणीय अभियान बन्यो । सोही अभियान अत्यन्तै व्यवहारिक साथै अवधारणलाई प्रमाणित गर्ने परियोजना कावेरीको पुकार (कावेरी कलिङ्ग) को रूपमा स्थापित भई तीव्र स्थलगत गतिविधिहरू अघि बढाइयो । अब, यसले जागरूक धरती निर्माण गर्न र माटो जोगाउनको लागि अभूतपूर्व विश्वव्यापी अभियानअन्तर्गत अरबौँ नागरिकहरूलाई समावेश गर्नेछ । पृथ्वीका ३.५ अर्ब मानिसहरूसम्म पुग्ने सद्गुरुको लक्ष्य ३ दशकको काम र विकासको उपज हो ।

यसमा कुनै सन्देह छैन कि यो अभियान यहाँसम्म आइपुग्नुको एउटा महत्त्वपूर्ण पक्ष भनेको यसले प्रेरित गरेका मानिसहरूको ठूलो सङ्ख्या हो । साथै, जुन स्तरमा यसको प्रभाव बढिरहेको छ, त्योपनि उत्तिकै महत्त्वपूर्ण छ । स्थानीय समुदायहरू, सङ्घ-संस्थाहरू, किसानहरू, विद्यालयहरू र राज्य सरकारहरूलाई समावेश गरी भारतको राष्ट्रिय नदी नीतिलाई आकार दिन गरिएको सहयोगदेखि अहिले वातावरण अनुकूल काम गर्ने अन्तर्राष्ट्रिय एजेन्सीहरू, विश्वका नेताहरू र सरकारहरूसँग मिलेर काम गर्ने समयसम्म आइपुग्दा, यस अभियानले विगत ३ दशकमा निकै प्रभावकारी रूपमा फड्को मारिरहेको छ ।

माटो जोगाऔँ अभियानको अद्भूत प्रयास भनेको सम्पूर्ण लोकतान्त्रिक राष्ट्रका नागरिकहरूलाई एकजुट बनाइ धरतीको स्वास्थ्य र भविष्यप्रति एउटै आवाजमा बोल्न र त्यसतर्फ हाम्रो प्रतिबद्धतालाई अझ बलियो रूपमा स्थापित गर्न प्रेरित गर्नु हो । जब पर्यावरणसम्बन्धी विषयहरू चुनावी विषयहरू बन्छन्, जब नागरिकहरूको समर्थनले माटोको रक्षा गर्ने दीर्घकालीन नीति परिवर्तनहरू अवलम्बन गर्न सरकारहरूलाई सशक्त बनाउँछ, जब व्यवसायहरू, सङ्घ-संस्थाहरू, सर्वसाधरणहरू र सरकारहरूले माटोको स्वास्थ्यलाई प्राथमिकतामा राख्छन्— तब नै यो निरन्तर प्रयास फलीभूत हुनेछ ।

यो ग्रीन-हेड्स (दिमागमा रोपिएको हरियाली) देखि ग्रीन-ह्याण्ड्स (हातहरूबाट फैलिएको हरियाली) अनि ग्रीन-हार्ट्स (मनमा बसेको हरियाली) सम्मको यात्रा हो । अत: माटो जोगाउने जिम्मेवारी कसको हो ? — आउनुहोस्, हामी सबै मिलेर माटो जोगाऔँ ।

आउनुहोस्, यसलाई साकार पारौँ !

आउनुहोस्, यसलाई साकार पारौँ !

अहिल्यै केही गरौँ
footerLogo

माटो

© 2022 Conscious Planet All Rights Reserved

Privacy Policy

Terms & Conditions