५२%
Of agricultural soils are already degraded
माटो किन जोगाउने ?
माटो जोगाऔँ सद्गुरुद्वारा शुरु गरिएको विश्वव्यापी अभियान हो, जसले माटोको सङ्कटपूर्ण अवस्थाबारे सम्बोधन गर्न संसारभरिका मानिसहरूलाई एकजुट बनाउँदै माटोलाई स्वस्थ राख्नको लागि आवाज उठाउन आह्वान गर्दछ । साथै, यो अभियानले सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई खेतीयोग्य माटोमा जैविक पदार्थ बढाउनेतर्फ राष्ट्रिय नीति बनाउन र त्यसलाई कार्यान्वयन गर्न सहयोग गर्नेछ ।
#माटो_जोगाऔँ सन्देश
माटो जोगाऔँ अभियानको शुरुवात एक योगी, रहस्यदर्शी एवम् युगद्रष्टा सद्गुरुद्वारा गरिएको हो ।
सङ्कट
जैविक पदार्थको कमीले माटोलाई बालुवामा बदल्छ, जसले गर्दा विभिन्न सङ्कटहरू निम्तिने छन्:
खाद्य सङ्कट
अबको २० वर्षमा, यस धरतीमा ९.३ अर्ब मानिसहरूको लागि ४०% कम भोजन उत्पादन हुने अनुमान गरिएको छ l
जब माटो खराब हुन्छ, भोजनमा पौष्टिक तत्त्व निकै कम हुन्छ । अहिले उत्पादन भइरहेका फलफूल र तरकारीहरूमा पोषक तत्त्वहरू ९०% कम भइसेकका छन् ।
२ अर्ब मानिसहरू पोषणको कमीबाट पीडित छन्, जसले अनेकथरी रोगहरू निम्त्याउने छ ।
पानीको अभाव
जब माटोको गुणस्तर खराब हुन्छ, त्यसले पानी सोसेर राख्न अनि पानीको बहावलाई दिशा दिन सक्दैन ।
जब माटोले पानी भण्डारण गर्ने क्षमता गुमाउँछ, त्यसले पानीको अभाव, खडेरी र बाढी निम्त्याउँछ ।
जैविक पदार्थले आफ्नो तौलको ९०% हिस्सामा पानी सोसेर राख्छ अनि समयसँगै त्यो पानीलाई बिस्तारै छोड्छ । खडेरीको जोखिम भएका क्षेत्रहरूमा यसले ठूलो सहयता गर्दछ ।
जैविक-विविधतामा क्षति
वैज्ञानिकहरूले भनेअनुसार आफ्नो वासस्थान नष्ट भएकोले हरेक वर्ष लगभग २७,००० प्रजातिका जीवन-रूपहरू सखाप भइरहेका छन् ।
यो सङ्कट यस्तो बिन्दुमा पुगेको छ, जहाँ ८०% कीट-भार (insect biomass) लोप भइसकेको छ ।
जैविक विविधतामा क्षति हुँदा माटोको स्थिति भद्रगोल हुन्छ अनि माटो पुन: जीवन्त बन्न सक्दैन ।
जलवायु परिवर्तन
माटोमा जति मात्रामा कार्बन पाइन्छ, त्यो जीवित वनस्पतिमा पाइने कार्बनको तुलनामा ३ गुणा र वायुमण्डलमा रहेको कार्बनको तुलनामा २ गुणा बढी हो । यसको अर्थ के हो भने कार्बन सोसेर भण्डारन गर्नको लागि माटो महत्त्वपूर्ण छ ।
यदि संसारभरिको माटोलाई पुन: जीवन्त नबनाउने हो भने, माटोबाट ८५० अर्ब टन कार्बनडाइअक्साइड उत्सर्जन भई वायुमण्डलमा मिसिन सक्छ, जसबाट अन्तत: जलवायु परिवर्तन हुन सक्छ । यो मात्रा विगत ३० वर्षमा पूरै मानवजातिले गरेको कार्बन उत्सर्जनको तुलनामा निकै बढी हो ।
जीविकामा हानि
माटोको गुणस्तर खराब भएकोले हजारौँ किसानहरूले आत्महत्या गरिरहेका छन् ।
विश्वभरि माटोको गुणस्तर खराब भएकोले ७४% गरीब मानिसहरू प्रत्यक्ष रूपमा प्रभावित छन् ।
यो अनुमान गरिएको छ कि माटोको विनाशले विश्वमा प्रत्येक वर्ष १०६ खर्ब अमेरिकी डलर नोक्सान भइरहेको छ ।
द्वन्द्व तथा बसाइँ सराइ
जनसङ्ख्या वृद्धि तथा भोजन र पानीको अभावले गर्दा सन् २०५० सम्ममा १ अर्बभन्दा बढी मानिसहरू अन्य क्षेत्र र देशहरूमा बसाइँ सर्न बाध्य हुनेछन् ।
सन् १९९० देखि अफ्रिकामा भएका ९०% भन्दा बढी प्रमुख युद्ध र द्वन्द्वहरूमा जमिनसँग सम्बन्धित समस्याहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् ।
फ्रेन्च क्रान्तिदेखि अरब विद्रोहसम्म विशाल विरोध र आन्दोलनहरू हुनु पछाडिको कारण उच्च खाद्य मूल्य उल्लेख गरिएको छ ।
Living Soil
समाधान
माटोमा कम्तीमा ३-६% जैविक पदार्थ कायम राख्ने
जसको निम्ति जमिनलाई वनस्पतिहरूको छहारी दिने अनि रूख-बिरुवाहरूको पात-पतिङ्गर र जनावरहरूको मलबाट माटोको गुणस्तर बढाउने ।.
उर्वर र जीवित माटो, जीवनको लागि महत्त्वपूर्ण छ.
योजना
माटोलाई स्वस्थ बनाउने
जसको लागि हरेक राष्ट्रमा सहयोगी नीतिहरू आवश्यकनीतिहरू बनाउने
जसको लागि नागरिकहरूको समर्थन आवश्यकमानिसहरूको समर्थन जुटाउने
जसको लागि जागरूकता अभियान आवश्यकनीतिहरू किन महत्त्वपूर्ण छन् ?
अधिक जानकारी
कार्य
यो सन्देशलाई ३.५ अर्ब मानिसहरूसम्म पुऱ्याउनुहोस्,,
जुन विश्वभरिबाट ६०% मतदाताहरूको सङ्ख्या हो
माटो जोगाउनको निम्ति यात्रा
लण्डनदेखि भारतसम्म २७ राष्ट्रहरू हुँदै, १०० दिनमा ३०,००० किलोमिटरको एकल मोटरसाइकल यात्रा गर्ने क्रममा सद्गुरुले विभिन्न राष्ट्रका नागरिकहरू, नेतृत्वकर्ताहरू र विज्ञहरूलाई भेट्नुहुने छ ।
आगामी कार्यक्रमहरू
Sadhguru in Muscat - Oman Convention and Exhibition Centre,
Wed, May 25 19:00 - 21:00 GST
अभियानलाई विश्वभरिबाट समर्थन
माटोको स्वास्थ्यलाई पहिल्यैको अवस्थामा फर्काउने साझा लक्ष्यको लागि हजारौँ प्रतिष्ठित व्यक्ति र सङ्गठनहरू एकजुट भइरहेका छन् ।
सहायक सङ्गठनहरू
मैले के गर्न सक्छु ??
माटोको निम्ति आवाज बन्नुहोस् !
आफूले जानेको जुनसुकै माध्यम प्रयोग गरी विश्वलाई माटोको बारेमा बोल्न लगाउनुहोस्
मीडिया (सञ्चार माध्यम)
#माटो_जोगाऔं
आउनुहोस्, यसलाई साकार पारौँ !